साविकको जिल्ला कृषि विकास कार्यालय सल्यान २०३२ सालमा स्थापना भई संचालनमा आएकोमा नेपालमा संघियता कार्यान्वयन संगै २०७४/७५ मा खारेजी भए पश्चात कर्णाली प्रदेस सरकार, भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहत रही आ.व. २०७५/७६ मा कृषि ज्ञान केन्द्र रुकुम (पश्चिम)को सम्पर्क केन्द्र सल्यानबाट कार्यक्रम संचालन गर्दै आउदा कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको मिति २०७६/०५/०६ गतेको निर्णय अनुसार आ.ब २०७६/७७ देखि कर्णाली प्रदेशका सबै कृषि ज्ञान केन्द्रहरु खारेज गरि सबै जिल्लामा कृषि विकास कार्यालय स्थापना गर्ने निर्णय अनुरुप यस जिल्लामा आर्थिक मामिला तथा योजना मन्त्री माननीय श्री प्रकाश ज्वाला ज्यूबाट २०७६ साल भदौं २९ गते का दिन विधिवत रुपमा कार्यालय उदघाटन भै संचालनमा आएको हो ।
स्थानिय तहमा रहेका कृषि विकास शाखालाई योजना तर्जुमा, कृषि प्राविधिक कार्यको लागि पृष्टपोषकको रुपमा सहजिकरण गर्ने ।
विभिन्न बालीहरुको उत्पादकत्व बढाई कृषकहरुको जिवनस्तर उकास्ने ।
आधुनिक कृषि ज्ञानको उपयोग गरि दिगो कृषि विकासमा टेवा पुर्याउने ।
कृषिमा आयमुलक रोगगारीको अवसर बृद्धि गर्ने ।
कृषकहरुलाई आधुनिक खेति प्रविधि प्रति प्रोत्साहित गर्ने ।
कृषकहरुलाई समस्या पहिचान तथा निवारणमा सहयोग गर्ने र अनुसन्धानबाट विकसित नयाँ प्रविधिहरु कृषकहरु समक्ष पुर्याउने ।
कृषिसँग सम्बन्धित सरोकारवालाहरुको बारेमा कृषकहरुलाई जानकारी गराउनुका साथै सहयोगका लागि समन्वय गर्ने |