कर्णाली प्रदेश सरकार

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि विकास कार्यालय

सल्यान

परिचय

२०३२ सालमा कृषि शाखाको नामले स्थापना भई जिल्लामा कृषि प्रसार सम्बन्धि कार्य गर्दै आएको साबिकको जिल्ला कृषि बिकास कार्यालय नेपालमा संघियताको कार्यान्वयन सङ्गै २०७४/७५ मा खारेजी भए पश्चात कर्णाली प्रदेस सरकार, भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहत रही आ.ब. २०७५/७६ मा कृषि ज्ञान केन्द्र रुकुम (पश्चिम)को सम्पर्क केन्द्रको रुपमा कृषि बिकास कार्यक्रम संचालन गर्दै आउदा कर्णाली प्रदेश सरकार मन्त्री परिषदको मिति २०७६/०५/०६ गतेको निर्णय अनुसार आ.ब २०७६/७७ देखि सबै जिल्लाहरुमा कृषि विकास कार्यालय स्थापना गर्ने निर्णय अनुरुप यस जिल्लामा आर्थिक मामिला तथा योजना मन्त्री माननीय श्री प्रकाश ज्वाला ज्यूबाट २०७६ साल भदौं २९ गते का दिन विधिवत रुपमा कार्यालय उदघाटन भै संचालनमा आएको हो ।